आजदेखि एकैसाथ चार च्यानलबाट आउदै कार्यक्रम :जनतासँग प्रधानमन्त्री”



२ साउन २०७५, काठमाडौं

आज देखि एक लोकप्रिया टेलि कार्यक्रम ” जनतासँग प्रधानमन्त्री” एकै चोटी चार टेलिभिजनबाट प्रसारणमा आउने भएको छ। नेपाल टेलिभिजन, एपी वन एचडी, हिमालय टेलिभिजन र एबिसी टेलिभिजनमा बेलुका ९ बजेबाट एकैसाथ प्रसारण हुने भएको हो।

कार्यक्रम निर्माणको निम्ति अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोलि निर्माण गरिएको छ। १ घण्टा लामो उक्त कार्यक्रम मनोज पाण्डेले संचालन गर्ने भएका छन्।

उक्त कार्यक्रमको निर्माण कथा नेपालले गरेको हो भने कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च पनि कथा नेपालले नै बेहोर्ने भएको छ। यसबाहेक बिषयगत रुपमा आवश्यकता अनुरुप राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, बिषयगत मन्त्रालय तथा विश्वविद्यालयहरुलाई समेत अध्ययन-अनुसन्धानको निम्ति अनुरोध गर्ने योजना कथा नेपालको रहेको छ।

कुनैपनि आयातित सामान, गुणस्तर विभागले तिम्रो सामान गुणस्तरहीन छ त्यसैले पब्लिकलाई नबेच भनेको सामान, स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा यस सम्बन्धि कानुनी झमेलामा फसेका कम्पनीले उत्पादन गरेका सामान, उत्पादन र सेवाको विज्ञापन कार्यक्रममा नबजाइने भएको छ।

स्वस्थ व्यापार गर्ने र स्वच्छ व्यवसाय चलाउने तथा रोजगारी सृजना गर्ने उद्यमीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा विज्ञापन बजाउँदा आफ्नो प्रतिष्ठा बढेको महसुस गरुन हामी यहि चाहान्छौं – कार्यक्रम प्रस्तोता तथा निर्माता पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्