२ साउन २०७५, काठमाडौं
निकिता पौडेलको चलचित्र विकास बोर्डमा पुनर्बहाली हुने निश्चित भएको छ। निकिताको नियुक्ति बदरको निम्ति सरकारको निर्णयमा अर्को आदेश नआएसम्म लागु नगर्न सर्बोच्चले अन्तरिम आदेश दिएसँगै पुनर्बहाली हुने पक्का भएको हो।
सरकारले देउवा सरकारको पालामा भएको नियुक्तिहरु बदर गर्ने निर्णय गरेसँगै गत मंसिरमा बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता सरकारको निर्णय विरुद्द सर्बोच्च गएकी थिइन्। उनको मुद्दाको पेशी साउन १५ गतेलाई तोकिएको छ।