आफ्नो बाल्यकालमै बुवा गुमाएका अशोकले समाजमा बुवाले पुर्याएको योगदानको चर्चा समाजका जान्ने, बुझ्नेले गरेको सुनेर आफूलाई असल बन्न र सामाजिक काममा लाग्न प्रेरणा मिलेको स्वीकार गर्दछन । उनी अझ थप्छन, “बाबाको यहि प्रेरणाले गर्दा म आर्थिक उपार्जन भन्दा सामाजिक र राजनीतिक क्षेत्रमा बढी क्रियाशील भएँ ।”
०२ साउन २०७५, काठमाडौं
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा कतिपय समुदायको पहिचान नै पेशागत आवद्धता जस्तो देखिन्छ । यहि पेशागत आँखाले हेर्ने हो भने नेवारी समुदाय भन्ने वित्तिकै व्यापार, व्यवसाय वा आर्थिक उपार्जनको विभिन्न क्षेत्रमा सक्रिय समुदाय मानिन्छ । तर यसको अपवाद हुन्, ‘धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ ।’ उनले आफ्नो पहिचानलाई कुशल राजनीतिज्ञ तथा विकासवादी नेताका रुपमा उभ्याउन अहोरात्र खटिरहेका छन् । यो कसरी सम्भव भयो त ?
हाम्रो कौतुहलता मेट्दै उनले भने, “मेरो बुवा २००८ सालदेखि बनेपामा आएर विभिन्न सामाजिक कामहरु गर्दै मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको संगत पछि कम्युनिष्ट पार्टीमा आवद्ध हुनुहुन्थ्यो । बुवाले अखिल नेपाल किसान संघ मार्फत सामन्तहरुले जवर्जस्ती बनाएका मोहिका भर्पाईहरु खोस्ने, च्यात्ने गरेर गाउँका गरिव, किसानहरुको पक्षमा काम गरेको मैले सानै देखि सुनी हुर्किए । २०१५ सालको निर्वाचनमा बि.पी.कोईराला घरमा भोट माग्न आउँदा माक्र्सवादी चिन्तनको आधारमा समाजलाई अगाडि बढाउनु पर्छ । काँग्रेसले त्यसको नेतृत्व गर्दैन भनेर बुवाले संवाद गरेको समाजका व्यक्तिवाट पटकौँ सुनेको छु ।”
‘२५ वर्षको उमेरमा आफू उपमेयर हुँदा ६५ वर्ष उमेरको मेयर हुनुहुन्थ्यो । उहाँ २ कार्यकाल मेयर भै सकेको अनुभवी व्यक्ति पनि हुनुहुन्थ्यो । म नयाँ भएपनि मेरो जीवनमा राजनीतिमा गर्ने लामो समय छ भन्ने कुरामा म पूर्ण सचेत थिएँ । हामीले पाएको अहिलेको समयमा राम्रो काम गर्नुपर्छ भन्नेमा हामी सहमत भएर विकासमा नै जोड दियौँ । व्यक्तिगत रुपमा मैले यसैलाई अन्तिम बनाउनु हुन्न, आफूले पाएको समय अधिकतम रुपमा जनताको काम गर्नमा खर्चिनुपर्छ ।
आफ्नो बाल्यकालमै बुवा गुमाएका अशोकले समाजमा बुवाले पुर्याएको योगदानको चर्चा समाजका जान्ने, बुझ्नेले गरेको सुनेर आफूलाई असल बन्न र सामाजिक काममा लाग्न प्रेरणा मिलेको स्वीकार गर्दछन । उनी अझ थप्छन, “बाबाको यहि प्रेरणाले गर्दा म आर्थिक उपार्जन भन्दा सामाजिक र राजनीतिक क्षेत्रमा बढी क्रियाशील भएँ ।”
२०५४ सालमा नेकपा एमालेबाट नगर प्रमुखका उम्मेद्वारले चुनाव हारे तरपनि क्याम्पस पढ्दै गरेका श्रेष्ठले चुनाव जितेर उपमेयर बने त्यो पनि २५ वर्षकै उमेरमा । आफ्नो जितको राज खोल्दै अशोक भन्छन, “मेरो पार्टी नेकपा एमालेको लोकप्रिय नीति तथा कार्यक्रम, मैले गरेका सामाजिक कार्यहरु साथै मेरो बुवाको राजनीतिक पृष्ठभूमी र आदर्शले नै मलाई जित्न सहयोग पुर्याएको हो ।” उनी अझ थप्छन, ‘कतिपय मतदाताहरुले म सँग नै भोट तिमीलाई भन्दापनि तिम्रो बुवाको स्मरणलाई दिएको र तिमीमा पनि तिम्रो बुवाको प्रतिविम्ब देखिन्छ, राम्रो काम गर्नु ।’
“आफूले अर्को पल्ट मेयर मै उठ्नुपर्छ भन्दापनि पार्टीले दिएको जिम्मेवारी सफलतासाथ पुरा गर्नुपर्छ भन्नेमा म केन्द्रित भएँ । एउटा पार्टी, सङ्गठन, विचार र संघर्षसँग जोडिएको मान्छे हुनाले मैले जुन पद पाएँ त्यो मेरो भाग्य थियो । सङ्गठनले आवश्यकता महशुस गरेको दिनमा वा जनताले चाहेको दिनमा म पार्टीले जहाँ खटायो, त्यँहि पुग्नुपर्ने हुन्छ । त्यसैले मैले आफूलाई भन्दा पनि सङ्गठनलाई, विचारलाई र संघर्षलाई ध्यान दिएँ ।
विपक्षी पार्टीको प्रमुख र तपाई उपप्रमुख हुँदा विवाद भएन भन्ने प्रश्नमा उनी भन्छन, ‘२५ वर्षको उमेरमा आफू उपमेयर हुँदा ६५ वर्ष उमेरको मेयर हुनुहुन्थ्यो । उहाँ २ कार्यकाल मेयर भै सकेको अनुभवी व्यक्ति पनि हुनुहुन्थ्यो । म नयाँ भएपनि मेरो जीवनमा राजनीतिमा गर्ने लामो समय छ भन्ने कुरामा म पूर्ण सचेत थिएँ । हामीले पाएको अहिलेको समयमा राम्रो काम गर्नुपर्छ भन्नेमा हामी सहमत भएर विकासमा नै जोड दियौँ । व्यक्तिगत रुपमा मैले यसैलाई अन्तिम बनाउनु हुन्न, आफूले पाएको समय अधिकतम रुपमा जनताको काम गर्नमा खर्चिनुपर्छ । आफ्नो कार्यकाल सकिएपछि राजनीति त गर्न सकिएला तर विकासको नेतृत्व गर्न सकिन्न भन्ने लागेर हामीले मिलेर काम गर्यौं । विकासलाई नै प्राथमिकता दिएको हुनाले म र मेयर विच त्यो बेला कहिल्यै द्वन्द भएन ।’
भनेपछि सपना त्यहिबेला मेयर हुने थियो ? उनी भन्छन, “आफूले अर्को पल्ट मेयर मै उठ्नुपर्छ भन्दापनि पार्टीले दिएको जिम्मेवारी सफलतासाथ पुरा गर्नुपर्छ भन्नेमा म केन्द्रित भएँ । एउटा पार्टी, सङ्गठन, विचार र संघर्षसँग जोडिएको मान्छे हुनाले मैले जुन पद पाएँ त्यो मेरो भाग्य थियो । सङ्गठनले आवश्यकता महशुस गरेको दिनमा वा जनताले चाहेको दिनमा म पार्टीले जहाँ खटायो, त्यँहि पुग्नुपर्ने हुन्छ । त्यसैले मैले आफूलाई भन्दा पनि सङ्गठनलाई, विचारलाई र संघर्षलाई ध्यान दिएँ । मेरो कामले पार्टीले पनि विश्वास गर्यो र जिम्मेवारी पनि पाउँदै गए ।“
समृद्ध नगरको सपना : योजना र कार्यान्वयन
राजधानी देखि ३० किमी पुर्वमा रहेको धुलिखेल नगरपालिकाका अधिकांश क्षेत्रहरु पहाडी भू–भागले ढाकेको छ यद्धपी प्रत्येक वडामा बिजुली, खानेपानी र सडकको उचित व्यवस्था भएको देखिन्छ । स्वच्छ, सफा र हरियाली वातावरणमा निर्मित नगरपालिकाको भवन नै झट्ट हेर्दा रिसोर्ट जस्तो देखिन्छ । प्रविधिमैत्री नगरपालिकाको रुपमा समेत चिनिएको धुलिखेललाई लामो समयदेखि क्रियाशील र अनुभवी नेतृत्वले अझ फड्को मार्नेमा दुविधा देखिदैन ।
सबै जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन मेरै अध्यक्षतामा काभ्रे खानेपानी आयोजना संचालन गरेर करिव १ अर्ब ९ करोड लगानीमा काभ्रे जिल्लाकै ३ वटा नगरपालिकामा खानेपानी पुर्याउने योजना अनुसारको परियोजनाले ८५ प्रतिशत काम समेत सम्पन्न गरेको छ ।’
अबको पाँच बर्षमा अहिलेको धुलिखेलले के पाउँछ भन्ने प्रश्नमा नगरप्रमुख श्रेष्ठ आत्मविश्वासका साथ भन्छन, ‘शिक्षा, स्वास्थ्य, सामाजिक विकास, रोजगार साथै साँस्कृतिक पहिचानयुक्त नेपालकै नमुना शहर बनाउने मेरो उद्देश्य छ ।’
आधार के त भन्ने प्रश्नमा उनले थप जोड दिए, ‘मेरो कार्यक्रम र योजना हो, मैले देखेको धुलिखेलको भविष्य हो । यो कुरा मैले स्थानीय निर्वाचनमा घोषणापत्रद्वारा नै बताएको छु । घोषापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरु पूर्ण रुपमा कार्यान्वयन गर्छौं । समयले साथ दिएमा मैले देखेको सपनाभित्र थप नयाँ योजनाहरु, कार्यक्रमहरु गर्दै घोषणा–पत्रमा लेखिएका भन्दा धेरै काम गर्ने सपना देखेको, बुनेको छु । धुलिखेलका आम जनताहरु, राजनीतिक दलहरुको सहयोग र सल्लाहमा धुलिखेल नगरपालिकालाई अब्बल नगरपालिका बनाउँनुछ, जसको लागि अहिलेसम्म ९ वटा ठूला परियोजनाहरुमा सम्झौता गरिसक्यौँ । नगरभरिका विपन्न वर्ग र समुदायलाई विकासको मूल धारमा ल्याउन युवा, महिला, दलित, आदिवासी, जनजातिको क्षेत्रगत बिषयमा नगर युवा परिषद्, महिला परिषद् बनाएर त्यसको माध्यमद्वारा युवाहरुलाई सशक्तीकरण कार्यक्रम, सीपमूलक कार्यक्रम र आयआर्जन कार्यक्रम मार्फत गरिबी निवारण सफल बनाउन रोजगारमूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट विनियोजन गरेका छौँ ।’
म भर्खरै कोरियामा भएको मेयरहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आएँ । त्यहाँ शहरहरुको संस्कृति र सभ्यतालाई नयाँ ढङ्गले अगाडी बढाउने र शहरी चुनौतीहरु सामना गर्नलाई नयाँ योजना र कार्यक्रमहरु ल्याउने, शहरहरुको सांस्कृतिक अर्थतन्त्रलाई र व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा समेत छलफल भएको थियो । हामी संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सचेत छौँ र सचेत हुनुपर्छ ।’
धुलिखेल नगरपालिका देशभरिका नगरपालिकाहरु मध्ये खानेपानीमा आत्मनिर्भर नगरपालिका पनि हो । सबै जनतालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन मेरै अध्यक्षतामा काभ्रे खानेपानी आयोजना संचालन गरेर करिव १ अर्ब ९ करोड लगानीमा काभ्रे जिल्लाकै ३ वटा नगरपालिकामा खानेपानी पुर्याउने योजना अनुसारको परियोजनाले ८५ प्रतिशत काम समेत सम्पन्न गरेको छ ।’
नगरपालिका संघमा अशोकको सपना
सानो उमेरमा उपमेयर भएर २०५४ सालमै नेपाल नगरपालिका संघको केन्द्रीय उपाध्यक्ष भै सक्नु भएको छ । अहिले संयोजकको भूमिकामा रहनुभएको तपाईले नगरपालिका संघ मार्फत गर्ने कामहरु चाहिं के–के हुनेछन ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन, “नेपाल नगरपालिका संघ भनेको नेपालकै २९३ वटा नगरपालिकाको छाता सङ्गठन हो । यसले देशभरिका नगरपालिका, एउटा नगरपालिका र अर्को नगरपालिका, एउटा देश र अर्को देशको नगरपालिकासँग सम्बन्ध विस्तार र विकास निमार्णको योजनाहरुमा साझेदारी गर्ने, सम्बन्ध विकास गर्ने र विश्वका अरु देशहरुमा भएका शहरीकरणका राम्रा पक्षहरुलाई नेपालमा लागु गर्न सकिने भएमा आफ्नो नगर क्षेत्रमा लागु गर्ने र विदेशमा भएका नयाँ प्रविधिहरु नेपालमा ल्याउने, हाम्रो देशमा भएका राम्रा काम र पहिचानहरुलाई समेत आदानप्रदान गर्ने हो । नगरपालिका बिचका सम्बन्धले विकास निर्माणमा सहयोग पुर्याउने नै हो । अन्तरराष्ट्रिय क्षेत्रमा धुलिखेल, बनेपा, पनौती नगरपालिका जस्ता पुराना नगरपालिका मात्र होइन, नयाँ नगरपालिका जो भर्खरै नगरपालिका बनेका छन् ती नगरपालिकाहरुलाई समेत अन्तरराष्ट्रिय सम्बन्ध, अन्तरराष्ट्रिय एजेन्डाहरुमा कसरी क्षमतावान् बनाउने भन्ने काम गर्ने हो ।”
उनले अझ व्याख्या गर्दै भने, “नगरपालिकालाई संविधानले सरकारको रुपमा व्याख्या गरेको छ । यसले कार्यपालिका र न्यायपालिकाको काम लगायत विकास निर्माणका कामहरु गर्नुपर्ने छ, स्थानीय सरकारका कामहरु कसरी प्रभावकारी बनाउन सकिन्छ ? कुन नगरपालिकामा के विशेषता छ ? नगरपालिकाहरुमा के–कस्ता समस्याहरु छन्, ती समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयदेखि अरु नगरपालिका र अन्तर्राष्ट्रिय क्षेत्रको कस्तो सहयोग चाहिन्छ भन्नेमा समेत हामी काम गर्छौं ।”
शहर बन्नको लागि ५० प्रतिशत भन्दा बढी गैह्र कृषि क्षेत्र हुनुपर्छ यो बढ्दै १०० प्रतिशत सम्म पुग्न सक्छ । हाम्रो सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत समस्याहरु छन् । शहरको विकासमा यसको संस्कृति पनि महत्वपूर्ण पाटो हो । त्यसको संरक्षण र प्रवद्र्धनमा नगरपालिका संघले वकालत गर्ने र सशक्त बनाउने कामहरु गर्छ । अहिले हामी यिनै कामहरु गर्दै नगरपालिका संघ मार्फत नेपालका शहरहरुलाई बलियो बनाउने कार्यमा क्रियाशील छौँ ।
नेपाली मौलिक संस्कृतिलाई पश्चिमा प्रभावले असर पुर्याउँदै छ ? यसमा तपाईहरुको योजना के छ ? उनी भन्छन,“ म भर्खरै कोरियामा भएको मेयरहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आएँ । त्यहाँ शहरहरुको संस्कृति र सभ्यतालाई नयाँ ढङ्गले अगाडी बढाउने र शहरी चुनौतीहरु सामना गर्नलाई नयाँ योजना र कार्यक्रमहरु ल्याउने, शहरहरुको सांस्कृतिक अर्थतन्त्रलाई र व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा समेत छलफल भएको थियो । हामी संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सचेत छौँ र सचेत हुनुपर्छ ।’
नगरपालिका संघ मार्फत चाहीँ हालसम्म के गर्नु भयो ? “यो विचमा हामीले नेपालका पाँच वटा नगरपालिका र बङ्लादेशको पाँच वटा नगरपालिकामा पानी प्रशोधन र फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने गरी १ अर्ब ७० करोडको नयाँ प्रोजेक्टमा समेत सम्झौता गरेका छौँ । हरेक भ्रमणहरुमा मैले धुलिखेललाई मात्र हैन देशका अरु नगरपालिकाहरुलाई समेत सहकार्यको लागि प्रयत्न गरेको छु । एउटा शहर राम्रो भएर सिङ्गो देश राम्रो हुँदैन । एउटा मान्छे राम्रो भएर सबै मान्छे राम्रा हुँदैनन् । यी विषयमा म गम्भीर छु ।”
संविधानले भने जस्तो स्थानीय, प्रदेश र संघ सरकार सह–अस्तित्व, सहकार्य र साझेदारमा जाने कुरा लागु भएको छैन । नगरपालिकाहरुमा विषयगत कार्यक्रम हस्तान्तरण गर्न बाँकी नै छ ।
अव छिट्टै २९३ वटै नगरपालिकाको प्रमुख, उपप्रमुखको उपस्थितिमा नेपाल नगरपालिका संघ अधिवेशन गरी प्रदेश स्तरीय नगरपालिका संघलाई व्यवस्थित गर्दै आवश्यकता अनुसार विधानको संसोधन गर्दै धेरै देशको अन्तर्राष्ट्रिय शहरी क्षेत्रमा काम गर्ने निकायहरुलाई नेपालमा आकर्षित गर्छौं ।
शहर भईसकेपछि त्यसका शहरी चरित्रहरु हुन्छन् । ती चरित्रहरु तथा सभ्यता र संस्कृतिहरु कसरी निमार्ण गर्ने त्यसका लागि हामीले कस्ता योजना तर्जुमाहरु गर्नुपर्छ ? कस्ता कार्यक्रमहरु ल्याउनुपर्छ भन्ने विषयमा संघले आफ्नो धारणा बनाएको छ । हाम्रा शहरहरु प्रविधिको आधारमा अलि कमजोर छन् । त्यसैले नगरपालिकाहरूलाई कसरी प्रविधियुक्त नगरपालिका बनाउने भन्ने विषयमा कार्ययोजना बनाउनुपर्छ भन्ने विषयमा सोचिरहेका छौँ । त्यसले पक्कै पनि देशभरीका नगरपालिकाहरुले लाभ प्राप्त गर्छन् । नगरपालिका हिजोको जस्तो होईन । सशक्त छ, विकेन्द्रित छ र त्यसले आफ्नो क्षेत्रलाई बलियो बनाउँछ । नयाँ संविधानले हामीलाई दिनुपर्ने तर नदिएको धेरै अधिकारहरु छन् । सरकारको संविधान अनुसार प्राकृतिक स्रोतमा वित्त आयोग गठन गर्नुपर्नेछ । संविधानमा भएका १५ वटा साझा सुचीमा केन्द्र, प्रदेश र स्थानीय सरकारको भूमिका टुङ्ग्याउनु पर्नेछ ।
संविधानले भने जस्तो स्थानीय, प्रदेश र संघ सरकार सह–अस्तित्व, सहकार्य र साझेदारमा जाने कुरा लागु भएको छैन । नगरपालिकाहरुमा विषयगत कार्यक्रम हस्तान्तरण गर्न बाँकी नै छ । संविधानले नेपाली समाजको परिवर्तनको लागि जुन दृश्य देखाएको छ । त्यो दृश्यलाई सार्थक बनाउने काम हामी सबैको हो । यसका लागि सम्बन्धले प्रभाव पार्छ तर सम्बन्धहरु सद्भावपूर्ण हुनुपर्दछ । त्यो सद्भाव हामीले प्रत्येक मेयरहरु बीच बनाउनु पर्दछ । हामीले वर्तमानमा मात्र नभएर भविष्यमा पनि संगै काम गर्नुपर्ने भएकाले सम्बन्ध राम्रो बनाउनु जरुरी छ ।
https://youtu.be/iiiL7Db3XRo