०३ साउन २०७५, चितवन
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोला भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ सोहि क्षेत्रमा आज (विहीबार) विहान ५ बजे ठूलो पहिरो खसेको हो ।
पहिरोको कारण अहिले दुईतर्फी नै बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको हाे ।पहिरो खसेको स्थानमा वर्षा भईरहेकोले पहिरो हटाउन समस्या भईरहेको र पूर्ण रुपमा पहिरो हटाउने प्रयास जारी नै राखिएको ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए ।
उनले नारायणगढ–मुग्लिन सडक खण्डको सुरक्षित स्थानमा सवारी रोकी बस्नका लागि सडक प्रयोगकर्ताहरुलाई आग्रह गरेका छन् ।केही दिन अगाडि पनि सोही स्थानमा ठूलो पहिरो खस्दा १२ घण्टापछि बाटो खुलाईएको जनाएका छन्।