०३ साउन २०७५, काठमाडौं
अनसनरत डाक्टर गोबिन्द केसीको स्वास्थ्य स्थिति नाजुक हुदै गएपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकस्मिक बैठकले अब उनलाई हेलिकप्टरबाट तत्काल राजधानी ल्याउने निर्णय गरेको छ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केसीको स्वास्थ्यबारे मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुधबार साँझ नेकपाको बैठक बसेको थियो। उक्त बैठकले तत्काल हेलिकप्टरबाट केसीलाई राजधानी ल्याउनु राम्रो विकल्प रहेको निष्कर्ष निकालेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अनसनरत डा•केसीको स्वास्थ्य परीक्षणमा सँलग्न चिकित्सकहरुको सार्बजनिक बिग्यप्ति अनुसार उहाँलाई सिसियु सहितको अस्पतालमा राख्नु अनिबार्य भैसकेकोछ।त्यसैले सबैले उहाँको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाऔं।त्यसपछि खुला ढँगले मुद्दामा छलफल गरेर समाधान खोजौँ।कृपया निकृष्ट"राजनीति"नगरौ
— NKShresthaPrakash (@nksthaprakash) July 18, 2018
केसीलाई आइसियुमा राख्नुपर्छ भने रिपोर्ट आएको हुदा सरकार र हाम्रो पार्टीको पहिलो कर्तब्य केसीलाई बचाउनु नै हो त्यसैले विगत ४/५ दिन देखि निरन्तररुपमा गम्भिर बनेर बार्ता गरिरहेका छौं। बार्ताबाट पनि कुनै सहमति हुन सकेन तर मेडिकल बुलेटिनपछि हामि सबै सिरियस भयौ प्रबक्ता श्रेष्ठले बताए।
चिकित्सकको सुझाब अनुसार उनलाई तत्काल सिसियु भएको अस्पतालमा राख्नु पर्ने भएको हुदा केसीको अनसन र विचार बाकि नै भएपनि उनलाई अस्पतालमा राख्ने समझदारी जुटेको श्रेशाले जनाए। हामि कुनै पनि प्रकारको आग्रह कसैले नराखी छलफल होस् भन्ने चाहान्छौं। त्यसैले उनलाई राजधानी ल्याउने कुरा भएको हो, श्रेष्ठको भनाई छ।
जारी स्वास्थ्य बुलेटिनमा मुटुको चाल, श्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको र रगतमा सेतो रक्त कोशिकाको मात्रा झन् घटेको र क्यानेला राखिएको दुवै हातमा संक्रमण समेत देखिन थालेको छ। यस्तो अवस्थामा सेप्सिस भइहाले स्थिति झन् बिग्रिने मेडिकल रिपोर्टमा भनिएको छ।
चिकित्सा शिक्षा अध्यादेश अनुरुप सरकारले चिकित्सा विधेयक नल्याएको विरोधमा केसी १९ दिन देखि अनसनरत छन्। केसी नेपाल सरकारको तलब खाने एक डाक्टर हुन्। तर उनि सरकारको तलब खादै सरकारकै विरोधमा अनसनरत छन्।