एलिसन बेकर बने विश्वकै सर्वाधिक महङ्गा गोलकिपर



 

इटालियन क्लब रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसन बेकर  इङ्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् ।

६५ मिलियन पाउण्ड ९७३ मिलियन युरो र ८५ मिलियन डलरमा  लिभरपुल गएका एलिसन सर्वाधिक महङ्गा गोलकिपर भएका छन्। यो गोलकिपरकै लागि अहिलेसम्मकै ठूलो रकम हो।

अब एलिसन प्रिमियर लिगको मात्रै होइन विश्वभरकै सबैभन्दा महंगा गोलरक्षक भएका २५ वर्षीय एलिसनले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका हुन्।

सम्झौतापछि उनले आफ्नो जीवन र करिअरमा यो ठूलो फड्को भएको बताए। उनले गएको सिजन सिरी ए का ३७ खेल खेलेका थिए ।

यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको उक्त रकम नै गोल किपरका लागि सर्वाधिक महङ्गो रकम थियो।

यस्तै प्रिमियर लिगमा सन् २०१७ मा म्यानचेस्टर सिटीले बेन्फिकाका एण्डर्सनलाई ४० मिलियन युरो तिरेर ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्