ट्रेड युनियन अधिकारलाई कसैले कटौती गर्न सक्दैन : परराष्ट्रमन्त्री ज्ञवाली 



०५ साउन २०७५, काठमाडौं

नेपाल निजामती कर्मचारी संगठनको आज शुरू भएको चौथो केन्द्रीय कार्य समितिको बैठक उदघाटन गर्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालको निजामती क्षेत्रमा कार्यान्वयन भएको ट्रेड युनियन अधिकारलाई कसैले पनि कटौती गर्न नसक्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले सरकारको नीति आमरूपमा सही छ सो को कार्यान्वयन गर्ने निकाय कर्मचारी भएकोले राष्ट्रसेवक कर्मचारीहरू इमान्दारीताकासाथ काम गर्नुपर्ने बताए । राज्यको आयस्रोत कमजोर हुदा कर्मचारीहरूको सेवा सुबिधा पनि कम छ तथापी तल्लो तहका जनताहरूलाई हेरेर काम गर्न निर्देशन दिए ।

संगठनका अध्यक्ष केदारप्रसाद देबकोटाको अध्यक्षता र महासचिव रेवन्त गौतमको संचालनमा बसेको बैठकले संगठनको आगामी कार्ययोजना पारित गर्ने र निर्माणको चरणमा रहेको संघीय निजामती सेवा ऐनलाई कर्मचारीमैत्री बनाउन सुझाब संकलन गरी आजै सकिने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्