०६ साउन २०७५, कपिलवस्तु
असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे ।
अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।
खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो ।
बाँधका कारण कर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन् । बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ ।