०६ साउन २०७५, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा चर्चित युवानेता योगेश भट्टराईले सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलाई धन्यवाद दिएका छन्। आफ्नो फेसबुक पेजमा एक स्टाटस लेखेर भट्टराईले अधिकारीको कामको प्रशंसा गर्दै उक्त धन्यवाद दिएका हुन्।
विविध कारणले गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेवाग्राहीहरुले दुख पाहिरहेको गुनासो आउने गर्ने गरेको पाइन्थ्यो। तर जब रविन्द्र अधिकारी सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएर आए त्यो समस्या त थाहै नपाई समाधान भइसके छ भन्दै भट्टराईले खुशी ब्याक्त गरेका छन्।
भट्टराईले आफु विदेश जादा कहिल्यै भिआईपी बाटो प्रयोग गर्ने नगरेको र सधै सर्वसाधारणले प्रयोग गर्ने बाटो नै प्रयोग गर्ने गरेको पनि जानकारी गराएका छन्।
भट्टराई आफ्नो फेसबुक पेजमा लेख्छन् :-
मन्त्री रबीन्द्र र एयरपोर्ट
एक कार्यक्रमको सिलसिलामा केही दिन अघि अन्तरास्ट्रिय एयरपोर्टबाट उड्दा र हिजो फर्कदा बिनानस्थलमा देखिएका सुधारका बारेमा केहि लेख्न मन लाग्यो ।
१. प्रस्थान र आगमन पत्र जुन भर्न यात्रुलाई झँझटिलो थियो र त्यसको कुनै उपयोगीता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।
२. २१ घण्टा बिमानस्थल सन्चालन भएर होला उडान र अबतरणमा एयर ट्राफीक उल्लेख्य मात्रामा सुधार आएछ ।
३. बिमानबाट अोर्लेपछी आधा घण्टाभित्रमा लगेज समेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जस्तो लाग्यो मलाई ।
४. एयरपोर्टको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिए ।
मैले यी कुरा लेख्दा कतिपयले भन्न सक्छन तिमि भिअाइपी बाटो प्रयोग गर्छौ । हामि सर्बसाधारणलाई त उस्तै होनी । माफ गर्नुहोला म बिदेश जाने बेलामा आजसम्म सर्बसाधारण कै लाइनबाट जाने गरेको छु भिअाइपी प्रयोग गरेको छैन ।
राम्रोलाई राम्रो नै भनौ ।
woow Rabindra , go ahead