०६ साउन २०७५, काठमाडौं
देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका अरु सबै सेवा ठप्प पार्दा बिरामीहरु मारमा परेका छन । अनसनरत डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरु आन्दोलनमा उत्रिदा बिरामीहरु मारमा परेका हुन् ।
चिकित्सा सुधार लगायतका माग राख्दै डा. केसी २३ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीले उठाएका माग आफ्नो लागि नभएर जनताको हितका लागि रहेका भन्दै सरकारलाई दबाब दिने उद्देश्यले चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
अहिले रानधानीका अधिकांश हस्पिटल आन्दोलनमा होमिएको पाउन सकिन्छ । त्यसैका प्रतिफल हुनसक्छ कपन हस्पीटलको पनि हाल उस्तै देखिन्छ ।
कपन हस्पिटलको व्यवस्थापक नरेस भण्डारी भन्छन्, ‘आफु एउटा व्यवस्थापक मात्र नभएर सबैभन्दा पहिले एक साधारण नागरिक भएकोले डा.केसीको माग जनपक्षीय रहेको छ । त्यसैले उहाँलाइ साथ दिनैपर्छ ।’
उक्त हस्पिटलमा सहयोगीका रुपमा कार्यरत दिपीका थापाले इमरजेन्सी बाहेकका सबै सेवाहरु ठप्प जस्तै बनेको तर जनरल वार्डमा भने बिरामीलाइ सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।
इमरजेन्सी सेवाको लागि दिनकै ८ देखि १२ को संख्यामा बिरामीहरु आउने जानकारी गराए । साथै पहिलेको भन्दा अहिले बिरामीहरुको चाँप बढेको पनी उनले जानकारी गराईन् ।
कपन नै घर भइ आमाको उपचारका निम्ति हस्पिटलको जनरल वार्डबाट सेवा लिईरहेका कृष्णा तामाङले हस्पिटलमा आन्दोलनको प्रभाव परेपनी आमाको उपचारमा कुनै गाह्रो महुसुस नभएको बताउँदै डा. केसीको माग एकदमै सकरात्मक भएको बिचार ब्यक्त गरे ।