०७ साउन २०७५, काठमाडौं
चिकित्सा शिक्षा सुधारको विविध माग राखी बिगत २४ दिनदेखि आमरण अनसनमा बसिरहेका डा. केसीसँग वार्ता गर्न सरकार उदासिन देखिएको छ ।
जुम्लामा अनसन बसिरहेका डा. केसीलाई वार्ताका लागि भन्दै गत बिहिबार जबरजस्ती काठमाडौं ल्याई शिक्षण हस्पिटल अन्तर्गत पर्ने गणेशमान भवनमा राखिएको छ ।
सरकारी पक्षले माग सम्बोधन गर्ने भने पनि अहिलेसम्म ठोस कदम भने चालेको देखिदैन । सरकारले आफ्नो मागमा चासो नदिएको भन्दै डा. केसीले स्वास्थ्य जाँच गर्न समेत दिएका
छैनन् ।
स्वास्थ्य जाँच गर्न नदिएपछि डा. केसीकोे स्वास्थ्य प्रति आफुहरु अनविज्ञ रहेको उपचारमा खटिएका डाक्टर परीक्षित चापागाईले बताएका छन । उनका अनुसार डा. केसीलाई रिंगटा लाग्ने, मुटुको चाल न्युन हुने, ब्लडप्रेसर न्युन हुने र अक्सिजनमा निर्भर रहनुपरेकोले सासमा समेत समस्या देखिएको छ ।
साथै दिनानुदिन डा. केसीलाई भेट्न जानेहरुको चाँप बढ्न थालेको पनि हस्पिटलले जनाएको छ ।
त्यस्तै, आकस्मिक सेवा बाहेकका अरु सेवा ठप्प भएको समयमा बिरामीहरु मारमा परेका कारण आकस्मिक सेवा लिने बिरामीहरुको समेत चाप बढिरहेको डाक्टरहरुको भनाई रहेको
छ ।