विपक्षीहरु मार्सी चामलको विज्ञापनमा लागेः प्रधानमन्त्री ओली



०८ साउन २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले एजेन्डा नपाएर मार्सी चामलको विज्ञापन गरिरहेको आरोप लगाएका छन्।

मेडिकल सञ्चालकको घरमा मार्सी चामलको भात खाएर सम्बन्धन दिन लागेको आलोचना भएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्। पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले भने ‘दुर्गा प्रसाई कहाँ जानु गलत हो भने गलत हो, फेसबुकमा फोटो हाल्नु गलत होइन,’ ।

बि एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईको घरमा मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि मार्सी चामललाई प्रतिबिम्ब बनाएर आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्