०८ साउन २०७५, काठमाडौं
मंगलबार बिहानैबाट एउटा हल्ला फैलियो संसदीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनाम दिदैछन भनेर। राजधानीको एक विद्यालयमा बएको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरु बारे गलत अभिव्याक्ति दिएपछि उनि चौतर्फी आलोचनाका पात्र बनेका थिए ।
मन्त्री तामाङलाई सोमबार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल सहित भेटेका थिए। तर भेटमा प्रधानमन्त्रीले तामाङलाई राजिनामा गर्न निर्देशन दिएको हो या होइन भन्ने बारे केही पुष्टि भएको छैन।
आज तपाइले मन्त्री पदबाट राजिनामा दिने चर्चा छ नि ? भनेर मन्त्री तामाङसँग सोध्दा उनले हाँस्दै त्यो चर्चा चर्चैमात्र होला जस्तो छ भनेर जवाफ दिएका छन्।
अनि आज दिउसो पत्रकार सम्मेलन राख्नुभएको राजिनामा दिनैको लागि होइन र ? भन्ने प्रश्नमा उनि भन्छन उक्त पत्रकार सम्मेलनमा नयाँ कानुनको बारेमा ब्रिफिङ मात्र हुन्छ अरु केहि हुदैन। यो जवाफसंगै उनले राजिनामा दिने कुरा हल्ला मात्रै रहेको सजिलै बुझ्न सकिन्छ।
‘त्यसैका लागि दिउँसो पत्रकार सम्मेलन गर्न लाग्नुभएको होइन र?’ भन्ने प्रश्नमा उनले मन्त्रालयमा आयोजना हुने पत्रकार सम्मेलनमा नयाँ कानुनबारे ब्रिफिङ गरिने बताए।
मन्त्री तामाङले बंगलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरुबारे गलत अभिव्याक्ति दिएपछि सबैतिर उनको आलोचना हुन थालेपछि यस अघिनै विज्ञप्ति निकालेर उनले माफी मागिसकेका छन्।