०८ साउन २०७५, काठमाडौं
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेस देख्दा आफुलाई दया लागेर आउने बताएका छन्। हिजो राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने , ” पहिले पहिले हाम्रा हजुरआमाहरुले भन्नुहुन्थ्यो तिमीहरुको उमेरमा त् हामि उडेको चरा समात्थ्यौ। तर अहिले कांग्रेस उडेको चरा समात्ने अवस्था पार गरेर घाम ताप्दै बस्ने भएकोछ। जुरुक्क उठ्न सक्दै के गरोस। यतिबेला कांग्रेस देखेर साह्रो माया लाग्छ दया लाग्छ। विचरासँग न कुनै एजेन्डा छ न कुनै दृष्टिकोण नै छ।”
आफ्नो सम्बोधनको अधिकांस समय कांग्रेसलाई खर्चेका ओलीले अहिले हारबाट आत्तिएको कांग्रेसले आफुलाई लोकतन्त्रको पाठ सिकाएको देख्दा अचम्मित भएको बताए। कुनै बेला काङ्ग्रेस झैँ हामि पनि प्रतिपक्षामा थियौं। ३३ सिट मात्र ल्याए पनि धैर्यता गुमाएनौ बरु शालीन ढंगले जनताबीच गयौ र नबुझेको कुरा बुझायौ। जुनसुकै हिंसात्मक कार्यको शान्तिपूर्ण प्रतिरोध गर्यौ त्यसैले हाम्रो बहुमत आयो. प्रधानमन्त्री ओलेले भने, कांग्रेसले जे गरे पनि लोकतन्त्र, जसो गरे पनि लोकतन्त्र अनि अरुले राम्रो आम गरे पनि अधिनायकवाद हुने ?
प्रधानमन्त्री ओलीका अनुसार, २०४८ सालमा कांग्रेसको बहुमतको सरकार हुँदा कांग्रेसले आफूहरुमाथि ठुलो दमन गरेको सम्झिदै भने त्यतिबेला एमालेका ३० हजार कार्यकर्तालाई मुद्दा लगाइयो तिन बर्षमा ११२ जनालाई गोलि ठोक्यो भने मलाई पनि तीन बर्षमा ३० पल्ट पक्राउ गरे। कसैलाई सडकमा देख्ने नहुने।
यतिसम्म की, राजमार्गमा भइरहेको साइकल र्यालीमा समेत गोलि चलाइयो भने आस्थाकै आधारमा हजारौं शिक्षक र कर्मचारीलाई निष्काशित गरियो। अनि पुरै देश कांग्रेसले खायो त्यसैले अझैपनि कांग्रेसमा उदारीकरण, बजारीकरणजस्ता मुद्दामा आफुलाई मात्र थाहा छ भन्ने भ्रम रहिरहेको प्रधानमन्त्री ओलीले बताए।