कानुनमन्त्री तामाङद्वारा रुँदै रुँदै राजिनामा



०८ साउन २०७५, काठमाडौं

संसदीय मामिला तथा कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजिनामा दिएका छन्। केहिदिन अघि राजधानीको एक विद्यालयमा भएको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरुबारे गलत अभिव्याक्ति दिएपछि उनि चौतर्फी आलोचनाका पात्र बनेका थिए ।

केहिबेर अघि पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका मन्त्री तामाङले अब केहीबेरमा प्रधानमन्त्री ओली समक्ष्य राजिनामा पत्र बुझाउन जान लागेको समेत जानकारी गराए।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा पुगेका मन्त्री तामाङले आफुले सधैव महिलाको सम्मान र अधिकारको कुरा गर्ने गरेको भएतापनि अहिले सबैतिरबाट खेद्न थालेपछि नैतिकताको आधारमा राजिनामा दिएको प्रतिक्रिया दिएका छन्।

मन्त्री तामाङले बंगलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरुबारे गलत अभिव्याक्ति दिएपछि सबैतिर उनको आलोचना हुन थालेपछि यस अघिनै विज्ञप्ति निकालेर उनले माफी मागिसकेका थिए ।

सबैतिर आलोचित हुँदै गएपछि मन्त्री तामाङलाई सोमबार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल सहित भेटेका थिए। उक्त भेटमा प्रधानमन्त्री ओलीले मन्त्री तामाङलाई राजिनामा गर्न निर्देशन दिएका थिए ।

पहिलो चरणको पत्रकार सम्मेलनमा आफुले पदभार सम्हालेदेखि गरेका कामहरुको चर्चा गर्दै भाबुक बनेका मन्त्री तामाङको आँखा समेत रसाएको थियो भने बोल्दा बोल्दै गला समेत अवरुद्द भएको थियो।

दोस्रो चरणको पत्रकार सम्मेलनमाराजिनामा घोषणा गरेका मन्त्री तामाङले आफुले बोलेको कुरालाई टाउको र पुछ्छार काटेर भिडियो बनाएर गलत अर्थ लगाइएको समेत गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्