०९ साउन २०७५, काठमाडौं
अनसनरत डाक्टर गोबिन्द केसीको विषयमा कांग्रेस भित्र चरम विवाद देखिन थालेको छ। पार्टी सभापतिसेरबहादुर देउवा र केहि पदाधिकारीहरुले यो प्रकरणमा मनोमानी निर्णय गरेको भन्दै विवाद चुलिन थालेको हो।
केसीको विषयमा सदकदेखी सदनसम्म आन्दोलन गर्ने भनेर पार्टी भित्र कुनै छलफल नै भएको छैन तर हामीसँग कुनै छलफल नै नगरी पदाधिकारीहरु मात्र बसेर एकै पटक आन्दोलनको घोषणा गरियो यस्तो मनोमानी तरिकाले पार्टी अगाडी नबढ्ने सिटौला निकट केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी गराए।
सभापति देउवालाई भेटेर रामचन्द्र पौडेल र कृष्ण सिटौला समुहका नेताहरुले आफ्नो असन्तुष्टि जनाइसकेका छन्। पौडेलको अनुसार केसी प्रकरणमा कांग्रेस यो हदसम्मको आन्दोलनमा जानु गलत हो भन्ने हाम्रो समुहको भनाइ हो। चेतनामुलक माध्यमबाट जनता माझ गएर बुझाउन सक्ने किसिमको आन्दोलन हाम्रो पक्षको धारणा हो।
यतिबेला कांग्रेसले केसी प्रकरणमा सडक र सदन तताइरहेको छ।