०९ साउन २०७५, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशता विरुद्ध लड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
बुधबार राजधानीमा विपी स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले सरकार विरुद्ध एक भएर लड्न र जुध्न सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्। यतिबेला सरकार पंचायती शैलीमा देखिन थालेको त्यसैको एक झलक अनुरुप तरुण दलका नेता कार्यकर्तामाथि केहिदिन अघि आक्रमण भएको भन्दै उनले आक्रोश पनि पोखे।
सरकार तानाशाही तवरले अगाडी बढ्दै छ त्यसैले यतिबेला हामीमाथि ज्यादती गरिरहेको छ तर तपाईंहरु नडराउनुस् बरु डटेर सामना गर्नुस् भन्दै कोइरालाले पार्टी निकट पत्रकारहरुलाई सरकार विरुद्ध नडराई लेख्न आग्रह समेत गरे।