अन्तत: केसी आफ्नो अडानबाट पछाडी हटे



०९ साउन २०७५, काठमाडौं

२५ औँ दिनको अनसनपछि अन्तत: डाक्टर गोबिन्द केसी आफ्नो अडानबाट पछि हटेका छन्। सरकार र केसी पक्षबीच भएको वार्तामा केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने आफ्नो अडान छाडेका हुन्।

केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने आफ्नो अडान छाडेसँगै यतिबेला दुवै पक्षबीच संवाद सकारात्मक रुपबाट अगाडी बढिरहेको र कसरी सहमतिमा पुग्ने भन्ने विषयमा सरकारी टोलि परामर्शमा जुटिरहेको छ।

त्यसैले यतिबेला खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलि केसीको माग सम्बोधन गर्ने विषय र सहमति खोज्न विज्ञ र सम्बन्धित पक्षसँग परामर्शमा जुटिरहेको छ।

यतिखेर सरकारी वार्ता टोलि विज्ञहरुको सुझाव र केसीको मागका आधारमा संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेशमा गर्नुपर्ने संसोधनका बुँदाहरु तयार गरेर निष्कर्ष सहितको औपचारिक वार्ता गर्ने अन्तिम तयारीमा जुटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्