सरकारको गल्तीले चीनले दिएको पूर्ण नर्सिङ्ग छात्रवृत्ति गुम्दै (भिडियो सहित)



०९ साउन २०७५, काठमाडौं

चीन सरकारको सेन्टर साउथ युनिभर्सिटीले प्रत्येक वर्ष २५ जनाको दरले ५ वर्षको लागि दिएको नर्सिङ्ग छात्रवृत्ति स्वास्थ्य मन्त्रालयको कमजोरीले गुम्ने खतरा भएको छ ।

कुराकानीको क्रममा नर्सिङ्ग संघकी अध्यक्ष तथा नर्सिङ्ग क्याम्पस महाराजगंजकी पूर्व क्याम्पस प्रमुख तारा पोखरेलले भनिन्, ‘सन् २०१७ देखि २५ जनाको दरले ५ वर्षसम्मका लागि दिएको अध्ययन कोटामा अघिल्लो वर्ष वैकल्पिक सहित ३२ जना नर्सले अध्ययनको अवसर पाएका थिए । स्वास्थ्य मन्त्रालयको कमजोरीको कारण यस वर्ष चीन सरकारले दिएको पूर्ण नर्सिङ्ग छात्रवृत्ति गुम्ने अवस्थामा पुगेको छ ।’

गतवर्ष पनि नर्सिङ्ग संघकै पहलमा गुम्न लागेको छात्रवृत्ति बल्लबल्ल बचायौं । यो वर्ष पनि प्रक्रिया नमिलेको भन्दै स्वास्थ्य मन्त्रालयले शिक्षालाई र शिक्षाले स्वास्थ्यलाई दोष लगाउँदै हामीलाई दुःख दिईरहेका छन् । प्रक्रिया नपुगेको भए अघिल्लो वर्ष कसरी छात्रवृत्तिमा जान पाए । महिला भएकै कारणले मन्त्रालयका कर्मचारीले अनावश्यक दुःख दिएको आक्रोस समेत व्यक्त गरिन् ।

संविधानले दिएको नागरिकको मौलिक हक स्वास्थ्यलाई काँग्रेसले राजनीति एजेण्डा बनाएको भन्दै विरामीले सेवा पाउनुपर्छ भन्ने नर्सलाई राजनीतिक एजेण्डा बोकेका कुटपिटमा संलग्न डाक्टरको समूहलाई कारवाहीको लागि प्रहरीमा उजुरी समेत दिएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्