सरकार र केसी पक्षबीच पुन: वार्ता सुरु



०९ साउन २०७५, काठमाडौं

२५ औँ दिनको अनसनपछि संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने आफ्नो अडान छाडेका डाक्टर गोबिन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ। बिहान ९ बजे बस्ने भनिएको वार्ता सरकारी पक्षको आन्तरिक छलफल र परामर्श पछि अन्तत पौने २ बजेबाट सुरु भएको हो।

केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने आफ्नो अडान छाडेसँगै यतिबेला दुवै पक्षबीच संवाद सकारात्मक रुपबाट अगाडी बढिरहेको र कसरि सहमतिमा पुग्ने भन्ने विषयमा सरकारी टोलि परामर्शमा जुटिरहेको थियो । त्यसैले खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलि केसीको माग सम्बोधन गर्ने विषय र सहमति खोज्न विज्ञ र सम्बन्धित पक्षसँग परामर्शमा थियो ।

यतिखेर सरकारी वार्ता टोलि विज्ञहरुको सुझाव र केसीको मागका आधारमा संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेशमा गर्नुपर्ने संसोधनका बुँदाहरु तयार गरेर निष्कर्ष सहितको औपचारिक वार्ता सुरु भएको छ ।

वार्ता टोलीमा सरकारी पक्षबाट शिक्षा मन्त्रालयाका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सह-सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयाका सह-सचिव गुणराज लोहनी उपस्थित छन् भने केसी पक्षबाट वार्ता टोली संयोजक डाक्टर अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, कानुन व्यवसायी सुरेन्द्र भण्डारी र डाक्टर सुमित पाण्डे रहेका छन्।

केसी पक्षका वार्ता टोली संयोजक डाक्टर अभिषेकराज सिंह माग पुरा हुनेमा आफुविश्वस्त रहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्