१० साउन २०७५, काठमाडौं
डा.केसीको मागमा राजनीति गर्नु अत्यन्तै निन्दनीय छ । मागहरु राख्न पाउनुपर्छ । त्यसको लागि वैधानिक बाटाहरु छन । ३ करोड नेपाली जनताको स्वास्थ्यलाई असर पुर्याएर गरिएको आन्दोलन प्रति नर्सिङ्ग संघको आपत्ति रहेको छ ।
डा. केसीको आन्दोलनमा काँग्रेसले राजनीति गरेको प्रति आक्रोशित हुँदै पोखरेलले भनिन, “देउवालाई लाज हुनुपर्ने । हिजो आफू प्रधानमन्त्री हुँदा केही नगर्ने अनि सरकारले वार्ता गर्न खोज्दा पनि बार्ता विथोल्ने । यस्तो नि हुन्छ ? यिनीहरु आफ्नो स्वार्थको लागि देश नै बन्दगी राख्न पनि तयार हुन्छन् ।”
कांग्रेसलाई लाज लाग्नुपर्ने हो । नीजि अस्पताल संचालन गरेर गरिवले सेवा पाउने सरकारी अस्पतालहरु बन्द गर्ने नियत के हो ? डा. केसीको पेशागत आन्दोलनमा काँग्रेसले राजनीति गरेर केसीलाई वदनाम गरेको प्रति पनि उनले समयमा नै बुझ्नु पर्छ । राष्ट्रलाई असफल बनाएर राजनीति गर्ने काँग्रेसलाई पार्टी भन्दा माथि देश छ भन्ने बुझ्न पनि पोख्रेलले आग्रह गरिन ।
डा.केसीको मागप्रति सरकारले प्रयास गर्दा गर्दै दुर्गन्धित राजनीति गरिन्छ भने हामी चुप लागेर बस्दैनौं । यदि स्वास्थ्य क्षेत्रलाई राजनीति गर्ने थलो बनाईन्छ भने हामी ८२ हजार भन्दा बढी नर्सहरु सडकमा आउन बाध्य हुनेछौँ । स्वास्थ्यमा राजनीति गर्नेहरुले समयमा नै बुझुन् ।
स्वास्थ्य भनेको समूहगत काम हो । विरामीलाई २४ सै घण्टा सेवा दिने नर्सलाई माथेमा आयोगको प्रतिवेदनले वेवास्ता गरेको छ । प्रस्तावित नर्सिङ्ग विधेयकमा महिलालाई उपेक्षा गरिएको छ । लैङ्गिक विभेद गरिएको विधेयकमा सच्याईएन भने हामी पनि आन्दोलन गर्न बाध्य हुनेछौँ ।
(प्रा. तारा पोख्रेल, अध्यक्ष नेपाल नर्सिङ्ग संघसँगको कुराकानीमा आधारित)