१० साउन २०७५, काठमाडौं
ब्राजिल फुटबल टोलीका प्रशिक्षक टिटेले सन् २०२२ को विश्वकपसम्म टोलीको प्रशिक्षक सम्हाल्ने भएका छन्। उनले ब्राजिल फुटबल संघसँग ४ बर्षे सम्झौताको नवीकरण सहित नयाँ सम्झौता समेत गराइसकेका छन्।
कोरियन्थेन्सलाई कोपा लिबर्टडोस र क्लब विश्वकप जिताएका टिटे सन् २०१६ मा ब्राजिलियन टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। उनकै नेतृत्वमा ब्राजिल रसिया विश्वकप २०१८ को क्वाटर फाइनलसम्म पुगेको थियो।
सम्झौताको नवीकरणपछि टिटेले आफु धेरै खुसि भएको र यो सम्झौताको नवीकरणपछि आफुलाई धेरै ठुलो चुनौती आएको प्रतिक्रिया दिए। सम्झौताको नवीकरणपछि ब्राजिल फुटबल महासंघले लामो योजनाका लागि उक्त सम्झौता गरेको जनाएको छ।