अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच १० दिन भित्र एकता हुँदै



११ साउन २०७५, काठमाडौं

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एक्ला भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको लगभग २ महिनापछी तिनीहरुको विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तिन उपसमिति बनेको छ।

हिजो दुवै विद्यार्थी संगठनको एकता कार्यदलको बैठक बसेर राजनीतिक तथा शैशिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको हो। गठित उपसमितिहरुलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउने सुझाव दीइएको र उपसमितिहरुले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइने भएको छ।

एकता कार्यदलको बैठक अनुसार अनेरास्ववियुका महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झापिन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पन्चा सिंह, रविकिरण यादव मिलन एमसी र तुकमान महरा राजनीतिक तथा शैशिक उपसमितिमा रहेका छन्।

त्यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट सुनिता बराल, आरसी लामिछाने,रश्मि आचार्य र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दिपक देवकोटा, विजय गौतम र दिपेश पुन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्