नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय बैठक शुरु



११ साउन, २०७५ काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ससंदीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपाका एक नेताले जानकारी दिए ।
आज दिउँसो बस्ने संसद बैठकबारे छलफल गर्न ससंदीय दलको बैठक आयोजना गरिएको नेकपाका नेताहरुले जानकारी दिएका छन् ।

नेकपाको साउन ३ गते बस्ने भनिएको बैठक प्रतिपक्ष दलको अवरोधका कारण रोकिएपछि बैठक आज आयोजना गरिएको हो ।
डा. के सीको मागलाई लिएर पटक पटक संसद बैठक अबरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा. के सीको मागलाई लगभग सम्बोधन गरिसकेकोले शुक्रबार भने कार्यक्रम अबरुद्ध नगर्ने अनुमान गरिएको छ ।

बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा बिषयगत समितीमा रहने सदस्यहरुको नाम मनोनयनका लागि सभामुखले प्रस्ताब गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्