११ साउन २०७५, काठमाडौं
बर्षौंदेखि सरकारलाई टाउको दुखाईको बिषय बनेको विद्यालय स्तरको अस्थायी शिक्षकहरुको समस्या यस बर्षदेखि पुर्ण रुपमा समाधान हुने भएको छ ।
अस्थायी शिक्षकहरुको समस्या समाधान भएसगैं विद्यालय स्तरको शिक्षण सिकाईमा आमुल परिवर्तणन आउने विश्वास शिक्षा मन्त्रालयले लिएको छ ।
अहिले सार्वजनिक विद्यालयहरुमा शिक्षकहरुको दरबन्दी करिब १ लाख ७ हजार छन्, जसमध्ये करिब ७० हजार स्थायी दरबन्दीमा कार्यरत छन् भने बाँकी सबै शिक्षकहरु अस्थायी दरबन्दीमा कार्यरत छन् ।
अस्थायी शिक्षकहरुले प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगाएतका माग राखि पटक–पटक आन्दोलित हुँदै आएका थिए ।
जसका कारण विद्यालय तहको पढाईमा समेत नकारात्मक प्रभाव परेको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकहरुले शिक्षण शिकाईमा समेत ध्यान दिएका थिएनन् । उनीहरुले माग पुरा गर्न केन्द्र तथा जिल्ला केन्द्रित आन्दोलनहरु सञ्चालन गर्दा पढाई लथालिङ्ग हुने गरेको थियो ।
अस्थायी शिक्षकहरुलाई स्थायी गराउन शिक्षक सेवा आयोगले आन्तारिक प्रतिस्पर्धाबाट परिक्षा समेत सञ्चालन गरिसकेको छ ।