एनओसीका अध्यक्ष श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै एसियन गेम्समा नेपालले एजिलिटीको खेल पोशाक लगाउने



साउन २०७५, काठमाडौं

इन्डोनेसियाको जाकर्ता र पलेङ्गवाङ्ग हुने एसियन गेम्समा नेपालले एजिलिटी कम्पनीको खेल पोशाक लगाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ र एजिलिटी हेल्थ एण्ड वेलनेस कर्पोरेसन प्रमुख अल्फ्रेड चानले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै एजिलिटी एसियन गेम्सको पोशाक प्रायोजक बनेको हो । एनओसीको पहलमा चिनियाँ कम्पनि एजिलिटीले नेपाललाई प्रायोजन गरेको हो ।

शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै एजिलिटीले एसियन गेम्समा सहभागिता जनाउने सबै खेलका खेलाडी तथा पदाधिकारीहरुलाई पोशाक उपलब्ध गराउनेछन् । सम्झौतामा एजिलिटीले विभिन्न ७ थरीका पोशाक उपलब्ध गराउने बताईएको छ । जसमा ब्याग, क्याप, ट्रयाक सुट, सर्ट, टि सर्ट, जुत्ता र मोजा रहेको छ । जसको कुल मूल्य ८० लाख बराबरको रहेको छ ।

एसियन गेम्स भदौ २ देखि १६ गतेसम्म इन्डोनेसियाको जाकर्ता र पलेङ्गवाङ्गमा हुँदैछ । जसमा नेपालले २९ खेलमा सहभागिता जनाउदै छ भने १२८ पुरुष र ५७ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्