१३ साउन २०७५, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो पार्टी बाहिरबाट हेर्दा र देख्दा एउटा पार्टी जस्तो भएता पनि भित्रि रुपमा दुइटा पार्टी जस्तै भएको बताएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएशनको १० औँ महाधिवेशनलाई हिजो हेटौडामा सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन्।
दुइटा पार्टी जस्तै भएको कारण आजकाल दिनानु दिन कांग्रेस कमजोर हुँदै गईरहेको छ। अब एक आपसमा लड्नु भन्दा एउटै पार्टी जस्तो बनाएर फरक राजनीतिक विचारसँग लड्ने दिन र समय आएको भन्दै सबैलाई पार्टीभित्र एक भएर रहन आह्वान गरे।
पार्टी भित्र अन्तर्घात, साथिप्रतिको दुश्मनी ब्याप्त रहेको हुँदा त्यो रोगको निधान गरेर अगाडी बढ्न आफु प्रतिबद्ध रहेको पनि बताए।