१३ साउन २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला कांग्रेसको आकार घट्दै घट्दै माइतिघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्। हिजो आफ्नो पार्टीको दुई मजदुर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन।
माइतिघर मण्डला भन्दा बाहिर आमसभा गर्ने नसुहाउने आवस्थामा कांग्रेस पुगेको हुनाले अहिले देखि नै कांग्रेसले त्यस ठाँउलाई प्रयोग गर्न जिद्धी गर्न थालेको प्रधानमन्त्री ओलीले बताए। माइतिघरमा करिव करिव दुई सय जना मान्छे अट्ने हुदा त्यति भएपछि मान्छे खचाखच थिए भन्न पाइने हुँदा कांग्रेस माइतिघरलाई आफ्नो कब्जामा राख्न चाहन्छ प्रधानमन्त्री ओलीले जनाए।
माइतीघरमा आन्दोलान गर्दा त्यो होहल्लाले त्यो सँगै रहेको सर्वोच्च अदालतको दैनिक कामकाजलाई बाधा पुग्ने र श्रीमानहरुलाई बहस सुन्न गाह्रो हुने पनि ओलीले बताए। त्यसैगरी माइतिघर मण्डलाबाट धेरैतिर बाटो छुट्ने भएको हुँदा आन्दोलनको समयामा दुर्घटना हुने खतरा बढी मात्रामा हुने पनि उनले बताए।