संसदीय सुनुवाई समिति अझै निर्णय बिहीन



१३ साउन २०७५, काठमाडौं

प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशी बारे निर्णय गर्न भनी आईतबार बिहान ८ बजे बोलाईएको संसदीय सुनुवाई बैठक भोली २ बजेका सारिएको छ ।

जोशीको सुनुवाई सकिएको चार दिन बितिसक्दा पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नै समिति अन्योलमा छ । यस बारेको निर्णय भोली बस्ने संसदीय विशेष समितिको बैठकले
गर्नेछ ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने ब्यवस्था छ ।

पुर्वप्रधानन्यायधीश गोपाल पराजुली १ चैत्रमा पदबाट हटेपछि दिपकराज जोशी कायममुकायम प्रधानन्यायधीशका रुपमा रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्