१४ साउन २०७५, काठमाडौं
संसदीय सुनुवाई समितिको बैठक आज दिउँसो २ बजेको लागि बोलाईएको छ ।
कायममुकाय प्रधानन्यायधीश दिपकराज जोशीको सुनावाई भएको चौंथो दिन बितिसक्दा पनि केही निर्णय हुन सकेको छैन ।
संसदीय सुनुवाईको बैठक अनुमोदन नगर्ने उद्देश्य भन्दा पनि पर्याप्त छलफलका लागि भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । २०७० सालमा सर्वोच्च अदालतमा स्थायी न्यायधीश हुँदा पनि जोशी सहित अरु केही न्यायधीशहरुको नाममा बिवाद भएको थियो ।
संसदीय सुनुवाईमा उनीहरुलाई चर्को प्रश्न सोधिएपनि सर्व–सहमतले उनीहरुलाई अनुमोदन गरेको थियो ।
जोशीका फरकफरक शैक्षिक प्रमाणपत्रमा पनि एउटै सिम्बोल नम्बर भएको, सुनुवाईमा सांसदहरुको प्रश्नमा सन्तोषजनक उत्तर नआएकोले पनि अनुमोदनमा ढिलाई भएको केहि संसदहरुको भनाई रहेको छ ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाईले अनुमोदन गरेपछि राष्ट्रबाट नियुक्त हुने व्यवस्था छ ।