१४ साउन २०७५, काठमाडौं
नपाल र चीनबिच गैर सरकारी संस्थाहरुलाई सयुंक्त रुपमा परिचालन गर्ने सहमति भएको छ । नेपालको समाज कल्याण परिषद् र चीनको चाईना एनजीओ नेटवर्क फर इन्टरनेस्नल एक्सचेन्ज (सीएनआई) बिच यस्तो सहमति भएको हो ।
महिला तथा बालबालिका मन्त्री थममाँया थापा र चीनको उपविदेशमन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौं परिषद् सदस्य सचिव डिल्ली भट्ट र चीनको(सीएनआई) सदस्य सचिव झु रुईले समाझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको शिक्षा, स्वास्थ्य, विपद् व्यावस्थापन र सामुदायिक विकासमा चीनले सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।
साथै मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि थप सम्बन्ध सुधार भएको पनि स्मरण गराईन् ।