१४ साउन २०७५, काठमाडौं
प्रधानन्यायाधीसमा सिफारिश दीपकराज जोशीलाई संसदीय सुनुवाईबाट अनुमोदन नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उभिएको छ।
जोशीबारे निर्णय गर्न समितिको बैठाक बस्नु अघि नेकपाका सांसदहरु सिंहदरबार स्थित नेकपाका संसदीय दलको उपनेता सुबास चन्द्र नेम्वाङको कार्यकक्षमा केहीबेर छलफल गरेका थिए।
छलफल पछि नेकपाका सांसदहरु जोशीलाई अनुमोदन नगराउने पक्षमा रहेको हुन्। छलफलमा नेकपा निकट कानुन व्यवसायी टिकाराम भट्टराई पनि सहभागी थिए।
नेकपाको सांसदहरुको छलफलपछि यातिबेका जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ। प्रधानन्यायाधीसमा सिफारिश जोशीलाई संसदीय सुनुवाई गत बिहिबार भएको थियो। सुनुवाई समितिका सदस्यहरु जोशीको सुनुवाईप्रति असन्तुष्ट रहेका थिए।