१५ साउन २०७५, काठमाडौं
आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
सर्वसत्तावाद, बढ्दो महगी तथा लोकतान्त्रीक रक्षाका लागि भन्दै कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने भएको हो ।
७७ वटै जिल्लामा बिरोध प्रदर्शन हुने भनिएको काठमाडौंमा भने शान्तिबाटिका बाट जुलुस निकाल्ने कांग्रेसले जनाएको छ ।
काठमाडौं विरोध प्रदर्शनलाई भने केन्द्रिय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।
काठमाडौंमा दिउँसो २ बजे शान्तिबाटिकाबाट सुरु हुने जुलुस भोटाहिटि, असन, ईन्द्रचोक, विशालबजार, न्यरोड हुँदै शान्तिबाटिकामा नै आई कोणसभामा परिणत हुने छ ।