कांग्रेसपछि राप्रपा पनि खनियो सरकार माथि



१५ साउन २०७५, काठमाडौं

राष्ट्रिय पजातन्त्र पार्टी (प्रजातन्त्रिक) ले सरकारविरुद्व विरोध प्रदर्शन गर्ने भएको
छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशब्यापी रुपमा विरोध प्रदर्शन गरिरहेकै समयमा राप्रपा प्रजातान्त्रिकले पनि विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै राप्रपाले वर्तमान सरकारले जनतामाथि अत्याधिक कर बृद्वि गरेको, निरंकुश कार्यशैली देखाएको तथा दैनिक उपभोग्य वस्तुहरुको मुल्य बृद्वि हुँदा उपभोक्तालाई थप मार परेको भन्दै विरोध सभा तथा प्रदर्शन गर्न लागेको हो ।

विरोध सभा तथा प्रदर्शन बुधबार माईतीघर मण्डलामा हुने पार्टीद्वारा जारी विज्ञप्तीमा जनार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस्