१५ साउन २०७५, काठमाडौं
इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स गएकाे छ। राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएकाे याे पहिलाे पटक हाे ।
इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम गएकाे हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एक दिवसीय क्रिकेट खेलमा ‘डेब्यू’ गर्दैछ । याे पहिलाे खेल पनि हाे ।
नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार दुईओटा खेलको शृंखला खेल्दै नेपालले ऐतिहासिक फड्को मार्न लागेको छ। दुवै खेल नेदरल्यान्ड्सको आम्सटर्डमस्थित भीआरए मैदानमा हुन गई रहेकाे छ ।नेपालले गत चैत १ गते एक दिवसीय मान्यता पाएको थियो ।
जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकपअन्तर्गत् छनोट प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपालले आगामी चार वर्षका लागि एक दिवसीय राष्ट्रको मान्यता पाएको हाे । नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेर एक दिवसीय मान्यता पाएको हो ।
नेपालले सन् २०१६ पछि पहिलोपटक नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो । त्यतिबेला विश्व क्रिकेटलिगच्याम्पियनसिपअन्तर्गत् भएका दुई खेलमध्ये नेपाल एकमा विजयी तथा एकमा पराजित भएको थियो ।