१६ साउन २०७५, काठमाडौं
स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।
यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् ।
महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पादाधिकारीबाट करिब पौने १ अर्ब रुपैयाँ असुल्न सरकारलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थानीय तहमा गएको बजेट भ्रष्टाचारमा छानविन भइरहेको जनाएको छ ।