१६ साउन २०७५, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
पार्टी नितिविपरित डा. गोविन्द केसी लाई भेटेरै नैतिक समर्थन जनाएको भन्दै श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौखिक स्पष्टीकरण मागेका थिए ।
श्रेष्ठले भने, अध्यक्ष केपी ओलीसँग सम्पर्कै नहुने, कुनै पनि बैठकमा लामो समय कुराउने जस्ता कार्यशैली मन नपरेको कारण आफुले राजिनामा दिएको बताएका छन् ।
राजिनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई सम्झाएर उनको पुर्ववत् जिम्मेवारिमा ल्याउन जिम्मेवारी दिएका छन् ।
श्रेष्ठ भने केही दिन यताको आफ्नो स्वास्थ्य स्थिति कमजोरीका कारण घरमा नै आराम गरिरहेका छन् ।