राष्ट्रियसभा बैठक जोशीको शोक प्रस्ताव पारित गर्दै स्थगित



१६ साउन २०७५, काठमाडौं

पुर्व सांसद तथा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनको शोक प्रस्ताव पारित गर्दै आज बसेको राष्ट्रियसभा बैठक स्थगित भएको छ। जोशीको निधनप्रति दुख व्यक्त गर्दै उक्त शोक प्रस्ताव पारित भएको हो।

नेपाली कांग्रेसको तर्फबाट २०४८ सालमा बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ७३ बर्षे जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका सस्थापक सभापति समेत हुन्।

हिजो साउन १५ गते मंगलबार दिउसो २:५० बजे बुढानिलकण्ठ स्थित आफ्नै निवासमा स्वर्गवास भएका जोशीप्रति सांसदहरुले १ मिनेट मौन धारण समेत गरेका छन्। राष्ट्रियसभाको अर्को बैठक बिहिबार बिहान साढे ११ बजे बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्