अब यसरी हेरौं १२ को रिजल्ट



१७ साउन २०७५, काठमाडौं

आज बिहिबार राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा निकाले सँगै यतिबेला धेरैलाई कसरी आफ्नो रिजल्ट हेर्ने भन्ने चिन्ता हुन सक्छ। राष्ट्रिय परिक्षा बोर्डले आफ्नो वेभसाईट , एसएमएस र आईभीआरबाट आफ्नो नतिजा हेर्न सकिने बताएको छ।

शिक्षा मन्त्रालयको वेभसाइट www.moe.gov.np,राष्ट्रिय परिक्षा बोर्डको वेभसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेभसाइट www.neb.ntc.np मा गएर आफ्नो रिजल्ट हेर्न सकिन्छ।

त्यसैगरी नेपाल टेलिकमको मोबाइलबाट १६०१ मा सिम्बल नम्बर एसएमएस पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ। नेपाल टेलिकमको आईभीआर सेवा अन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि आफ़्नो नतिजा प्राप्त गर्न सकिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्