१७ साउन २०७५, काठमाडौं
संसदीय सुनुवाई समितिको सदस्यको सुरक्षामा सरकारले प्रहरी खटाएको छ। सुनुवाई समितिमा रहेका सदस्यहरुको सुरक्षालाई मध्यनजर गरेर गृह मन्त्रालयको निर्देशनमा आजबाट सुरक्षा दिन थालिएको प्रहरी प्रवक्ता शैलेश थापाले बताएका छन्।
केही सदस्यहरुले आफुलाई सुरक्षा नचाहिने बताएका छन् भने अन्य ७ जना सदस्यलाई आजैबाट सुरक्षाको निम्ति प्रहरी खताइएको छ। १५ जना सदस्य रहेको समितिमा संयोजक लक्ष्मणलाल कर्ण सहित केही सदस्यहरुले यस अघि नै सुरक्षा लिसकेका छन्।
प्रधानन्यायाधिशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन सम्बन्धी निर्णय गर्न बैठक र छलफल चलिरहेको बेला समितिको सदस्य निरुदेवी पाल माथी अज्ञात समुहद्वारा आक्रमण भएपछी सरकारले सुरक्षा व्यवस्था मिलाएको हो।
प्रधानन्यायाधिशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन सम्बन्धी निर्णय गर्नसमितिको बैठक केहीबेरमा बस्दैछ।