परराष्ट्रमन्त्री बोल्दै गर्दा कांग्रेस सांसदले गरे संसद बहिष्कार



१७ साउन २०७५, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई कार्यसुची विपरित बोल्न समय दिएको भन्दै बिचमै संसद बैठक बहिष्कार गरेका हुन् ।

गृहमन्त्री राम बहादुर थापाले संसदमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै उनीहरुले थप प्रश्नोत्तर गर्न समय माग गरेका थिए । तर त्यसपछिको समय सभामुख कृष्णबहादुर महराले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उपलब्ध गराएका थिए ।

ज्ञवालीले आफ्नो विदेश भ्रमनबारे सदनलाई कुरा राख्दै गर्दा नै उठिरहेका कांग्रेसका सांसदहरुलाई सभामुखले बस्न आग्रह गर्दै संसदको काम कारवाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।साथै उनले थप प्रश्नोत्तरलाई भोलीको बैठकमा समेट्ने पनि सुझाव दिएका थिए ।

उता सभामुखले भने कार्यक्रम अगाडि बढाईरहे, उनले प्रतितिधिसभाको विषयगत समितिमा रहने संसदहको नाम बाचन गरेर सुनाईसकेको समयसम्म पनि कांग्रेसका सांसदहरु उठिनै रहेका थिए ।

आफुहरुलाई समय नदिएको र एकोहोरो संसद सञ्चालन गरिरहेको भन्दै उनीहरु बैठक छोडी हिडेपछि बैठक भोलीसम्मका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्