१८ साउन २०७५, काठमाडौं
प्रस्तावित प्रधानन्यायधीस दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा आज पनि संसदीय सुनुवाईको बैठक शुरु भएको छ ।
समितिले जोशीको सुनुवाई गरेको ९ दिन बितिसक्दा सम्म ३ चोटी संसदीय सुनुवाईको बैठक बसिसकेको छ, तर केहि निर्णय भने गर्न सकेको छैन ।
जोशीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र नक्कली शैक्षिक प्रमाणपत्रको कारणले गर्दा नेकपाको सांसदहरुले जोशीको नाम अनुमोदन गर्न मानेका थिएनन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने न्यायलयसम्बन्धि जस्तो काममा हचुवाको भरमा नहुने भन्दै जोशीको नाम नै अनुमोदन गनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने अडानमा छन् ।
आज बस्ने संसदीय सुनुवाईको बैठकले भने जोशीाको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा टुङ्गो लगाउने समितिका जेष्ठ सदस्य लक्ष्मणलालकर्णले जानकारी दिए ।
समितिमा १५ जना सांसदहरु छन्, जसमा नेकपाको ९, कांग्रेसका ४ र फोरमका १ जना छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुबै आफ्नो अडानबाट नहटेकोले आजको बैठकमा पनि ठोस निर्णय हुन सक्छ कि सक्दैन अन्योल नै छ ।
तत्कालीन प्रधानन्यायधीस गोपालप्रसाद पराजुलीले १ चैत्रमा पदबाट राजीनामा दिएपछि कायममुकायम प्रधानन्यायधीसका रुपमा दीपकराज जोशी कार्यरत थिए ।