१८ साउन २०७५, काठमाडौं
आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयकहरुमाथि दफाबार छलफल गर्ने र समितिमा पठाउने तयारी हुने संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, सार्वजनिक सुरक्षा तेस्रो विधेयक, र लेखापरिक्षण विधेयकमा दफाबार छलफल गरि सम्बन्धित समितिमा पठाउने कार्यसुची रहेको छ ।
प्रतिनिधिसभाले हिजो समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेपछि पहिलो बैठक शुक्रबार बस्ने भनिएको थियो ।
यस्तै शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका पहिलो बैठक भोली ११ बजेको लागि सारिएको छ ।
आज बस्ने बैठकले भने शनिबार बस्ने बैठकको कार्यविधि बनाउने बताईएको छ ।