१८ साउन २०७५, काठमाडौं
हाम्रो समाजमा हामीलाई प्रेरणा दिने व्यक्तिहरु प्रशस्त रहेका छन् । जसले हामीलाई उनीहरुले गरेका कामबाट प्रेरणा दिने गर्छन् । ७७ बर्षीया ज्ञानी थापा पनि त्यस्तै हुन् । उनी ७७ बर्षकी हुदाँ पनि उस्तै जोस र जागरका साथ जिममा जाने गर्छिन् । युवाहरु पनि अल्छि र अस्वस्थ्य हुन्छन् । तर यी बुढी आमा दैनिक रुपमा जीम गर्छिन् । उनी आफू विगत १३ बर्षदेखि जीम गर्न थालेको बताउँछिन् ।
हात खुट्टामा समस्या आउन थालेपछि डाक्टरी उपचारबाट ग्रस्थ ज्ञानीले आफ्नो शरीरलाई स्वस्थ राख्न जीम गर्न थालेको उनी बताउँछिन् । जीम गर्न थालेदेखि उनको हात खुट्टाको समस्या हराउँदै गएको र आफू पूmर्तिलो रहेको भन्दै उनी मख्ख परिन् । त्यतिमात्र नभएर जीम जान थालेदेखि आफूलाई कुनै पनि रोग नलागेको उनको भनाई छ ।
आफूले मात्र नभएर अरुले पनि स्वस्थ रहनको लागि जीम गर्नु आवश्यक रहेको उनी बताउँछिन् । उनी जीम गर्नमा मात्र नभएर गीत गाउनमा पनि उत्तिकै सिपालु छिन् । ३ छोरा र ४ छोरीहरुकी ७७ वर्षीया यी बुढी आमा आप्mनै छोराको जीम सेन्टर रहेको र आफू पनि त्यही जीम सेन्टरमा विगत १३ बर्षदेखि आबद्ध रहेको बताउँछिन् ।
यी बुढी आमाले आफू मात्र जीम नगरेर सबैलाई स्वस्थ रहन जीम गर्न प्रेरित गरेकी छिन् ।