२० साउन २०७५, पाँचथर
कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ ।
स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए ।
आजको नागरिक दैनिकमा समाचार छापिएको छ । उनका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ ।
गोलभेँडा, दुग्ध उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गरी आयातित सामानमा भन्सार बढाउन लागिएको हो ।