कपाल झरेर हैरान भएकाहरुको रोजाई बन्दै PRP चिकित्सा (भिडियो सहित)



२० साउन २०७५, काठमाडौं

यतिबेला कपाल झरेर हैरान भएका सबैको रोजाई बनेको छ PRP चिकित्सा। PRP को अर्थ Platelet Rich Plasma हो। यो एउटा कपालमा समस्या भएकाहरुको निम्ति गरिने एक प्रकारको उपचार विधि समेत हो।

PRP उपचार के हो ?
कपाल झर्ने र पातलो हुने समस्या को लागि गरिने एक प्रकारको उपचार हो । यो उपचार पुरुष र महिला दुबैको लागी गर्न सकिन्छ ।

PRP उपचार कसरी गरिन्छ ?
आफ्नै शरिरको अलिकती रगत निकाली त्यस्लाई प्रशोधन गरी PRP निकालिन्छ र त्यसलाई मसिना सुईहरु प्रयोग गरी कपाल पातलो भएको ठाउँमा हालिन्छ ।

कति पटक गर्नुपर्छ र कती समय लाग्छ ?
PRP उपचार महिनाको एक पटक गरिन्छ र यो विधि जम्मा ४ देखी ६ पटक गरिन्छ । पुरै रिजल्ट देखिन केहि महिना लागेता पनि पहिलो उपचारबाटै कपाल झर्ने प्रकृया रोकिन्छ ।

कत्तिको प्रभाबकारी छ ?
कपाल पातलो भएको र झर्ने प्रकृयामा भएको सन्दर्भमा उत्कृष्ट रिजल्ट हुन्छ । कपाल नै नभएको ठाउँमा चाहिँ यो उपचारले खासै काम गर्दैन र त्यसको निम्ति कपाल प्रत्यरोपण नै गर्नु पर्दछ ।

हेरौ उक्त PRP चिकित्सा उपचारको भिडियो :

प्रतिक्रिया दिनुहोस्