२० साउन २०७५, काठमाडौं
नेपालको म्याराथन खेललाई थप सुदृढ गर्न जापानीज ओलोम्पियन युरिको नाकामुराको उपस्थितीमा नेपाल ओलम्पिक कमिटीले शनिबार एक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
२००८ चीनमा सम्पन्न ओलम्पिक खेलमा सहभागी नाकामुराले सो अवसरमा नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक खेलमा नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिने बारे नेपाल र जापानको तामुरा शहर बिच भएको सम्झौताको लगतै दोश्रो दिन यो प्रशिक्षण आयोजना गरिएको हो ।
शनिबार सम्पन्न कार्यक्रममा तामुरा शहरका उपमेयर नाओयुकी कावागौसी, एथ्लिट्स सोसाईटीका महासचिव डा.सोको आओकी र नेपाल ओलम्पिक कमिटीका कार्यकारी सदस्य निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको थियो ।
सो अबसरमा नेपाली प्रशिक्षक तथा खेलाडीहरुलाइ लगनखेल स्थित नेपाली सेनाको मैदानमा शारीरिक व्यायाम लगायत अन्य महत्वपूर्ण कुराहरुको ज्ञान समेत दिइएको थियो ।
जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।