सात विधेयक संसदमा पेश गर्ने मन्त्रीपरिषद्को निर्णय



२० साउन २०७५, काठमाडौं

सरकारले ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो।

जसमा भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षणसम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, संकाटापन्न वन्यजन्तु तथा वनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धि विधेयक पनि संसदमा पेश गर्ने निर्णय गरेको छ। सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ।

आगामी असोज ३ गतेभित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धि कानुन सरकारले बनाइसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्