२० साउन २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा परिवर्तन गरिएको छ। प्रधानमन्त्री ओलीको सुरक्षामा कार्यरत डिएसपी सानुराम भट्टराईको एसपीमा बढुवासँगै भएको सरुवापछि सुरक्षा गार्डमा परिवर्तन गरिएको हो।
एसपी भट्टराई बढुवा भएर केन्द्रिय अनुसन्धान ब्युरोमा गएसँगै यतिबेला प्रधानमन्त्री ओलीको सुरक्षाको कमाण्ड डिएसपी राजन लिम्बुलाई दिइएको छ। लिम्बु यसअघि नक्साल स्थित सुरक्षा निर्देशनालयमा कार्यरत थिए।
प्रधानमन्त्री ओलीको सुरक्षाको कमाण्डको जिम्मा पाएका डिएसपी लिम्बुले यस अघि सुवासचन्द्र नेम्वाङ सभामुख हुँदा पनि नेम्वाङको सुरक्षाको जिम्मा सम्हालिसकेका छन्। एसपी भट्टराईले आजै बालुवाटारबाट बिदा भएका छन्।