२१ साउन २०७५, काठमाडौं
नेपाली क्रिकेट टोली नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर आज नेपाल फर्किएको छ। करिव ३ साता अघि युरोप भ्रमणमा गएको टोली आज बिहान नेपाल आएको हो।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एक दिवासीय मान्यता पाएको नेपाली टोलीले युरोप भ्रमणमा रहदा नेदरल्याण्डविरुद्ध दुइ खेलको ऐलिहासिक एकदिवसिय सिरिज समेत खेलेको छ। सिरिजमा पहिलो खेल गुमाए पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जितका साथ स्वादेश फर्किएको छ।
नेपालले नेदरल्याण्डविरुद्ध एक दिवसीय खेल खेल्नु अघि लड़र्समा ती २० सिरिज समेत खेलेको थियो। नेदरल्याण्ड पुगेको टोलीमा कप्तान पारस खड्का सहित १४ खेलाडी, म्यानेजर, फिजियो र ट्रेनर गरी १८ जना रहेका थिए।
स्वादेश फर्किएकोटोलीलाई राखेपका सदस्यसचिव केशब बहादुर बिष्टले त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमै गएर स्वागत गरेका छन। सबै टोली नेपाल फरिके पनि युवा स्टार सन्दिप लामिछाने भने सिपीएल खेल्न नेदरल्याण्डबाटै वेष्टइन्डिज गएका छन्।